व्यक्तिगत तथा समाजिक रुपमा हज्जले निकै ठूलो लक्ष्य र महत्वपूर्ण उद्देश्यहरू ओगटेको छ । हाजीले दिनु पर्ने कुर्बानीको वर्णनपछि अल्लाहले भन्नुभएको छ– “अल्लाहलाई न कुर्बानीको मासु पुग्दछ, न रगत नै, तर तिमीहरूको तक्वा (ईश्-भय) पुग्दछ।” (कुरआन : २२/३७)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “काबाको परिक्रमा, सफा र मर्वाको सई, जमरातलाई ढुङ्गा हान्नु अल्लाहको महिमाको वर्णन र प्रशंसाको लागि नै अनिवार्य गरिएको छ ।” (अबु-दाऊद : १८८८)

हज्ज र उमरा गर्ने व्यक्तिले सर्वप्रथम यसका धार्मिक विधिहरू सिक्नु अनिवार्य छ।
हजहज्जका केही उद्देश्यहरू यस प्रकार रहेका छन्-
१
त्यसैले हाजीहरू भोगविलास र श्रृङ्गारपटार सबै त्यागेर मुर्दालाई बेरिने कात्रो झैं सेतो एहरामको कपडा लगाएर अल्लाहको अगाडि आफ्नो गरीबीलाई दर्शाउँछन्। सम्पूर्ण भौतिक सुख र आनन्दसँग केही सरोकार नराखिकन अल्लाहको उपासनामा सक्रिय रहन्छन्। अर्फातको मैदानमा कपकपाउँदै, रुँदै अल्लाहको वरदान र महानताको गुण गाउँदै आफ्नो पाप र गल्तीको क्षमा माग्दै उभिरहेका हुन्छन्।
२
वरदानको कृतज्ञता अर्पण गर्नु-
हज्जमा दुई तरिकाले अल्लाहको कृतज्ञता व्यक्त गर्नुपर्दछ- एउटा आर्थिक रुपमा र अर्को शारीरिक रुपमा सक्षम भएकोमा, किनभने यी दुवै कुरा अल्लाहको ठूलो वरदान र हज्जको अभिन्न अङ्ग हुन्। उक्त दुवै कुरा नभइ दिए, कसैले पनि हज्ज गर्न सक्दैनन्। त्यसैले आफ्नो विधाता र मालिकलाई हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्दछ। वास्तवमा, वरदानको कृतज्ञता व्यक्त गर्नु स्वभाविक कुरा हो जसलाई धर्मले अनिवार्य गर्दछ।
३
मुस्लिमहरुको बृहत सम्मेलन-
मुस्लिमहरू विश्वकै कुनाकाप्चाबाट हज्जमा भेला हुन्छन्, यसमा एक अर्कासँग चिनजान गर्ने, माया, ममता, स्नेह र सदभाव बाँड्ने ठूलो अवसर प्राप्त हुन्छ। गोरो-कालो, अग्लो-होचो, धनी-गरीब, जात, पात, भाषा, लिङ्ग र असमानताका सम्पूर्ण पर्खाल र भेदभावहरू माया र ममतामा परिणत हुन्छन्। संसारको सबैभन्दा विशाल भेलामा साँचो ईश्वर अल्लाहको उपासना गर्ने, सत्यको निमन्त्रणा दिने, एक अर्कालाई साथ दिने कुरामाथि सर्वसम्मति हुन्छ।
४
महाप्रलयको दिनको सम्झना-
हज्जले मुस्लिमहरुलाई महाप्रलयको सम्झना गराउँछ। अर्फातको मैदानमा आँखाले भ्याएसम्म जताततै मानिसको घुइँचो लागेको हुन्छ, सबैले मुर्दालाई बेरिने सेतो कात्रो झैं एउटै कपडा लगाएका हुन्छन्। यसले हिसाबकिताबको दिनको सम्झनालाई ताजा पार्दछ, त्यसैले बुद्धिमान मुस्लिम त्यस दिनको तयारीमा तल्लीन हुन्छ।
५
अल्लाहको तौहीदलाई व्यक्त गर्नु तथा उहाँको भक्तिलाई मन र वचनले स्वीकार गर्नु-
हज्जको प्रतीक नै तल्बिया हो। (लब्बैक अल्लाहुम्म लब्बैक, लब्बैक ला शरीक लक लब्बैक, इन्नल हम्द वन्नेअमत लक वलमुल्क, ला शरीक लक) यसको एक-एक शब्दले तौहीदको सार्वजनिक घोषणा गरिरहेको छ । भक्तको तन-मन तौहीदको बास्नाले ओतप्रोत भइरहेको छ । त्यसैले एउटा वरिष्ठ सहाबीले तल्बियालाई तौहीदको उपमा दिनुभएको छ ।” (मुस्लिम : १२१८) किनभने उक्त तल्बियामा अल्लाहकै लागि उपस्थित भएको र उहाँकै लागि सम्पूर्ण ईबादतहरूलाई खास गरिएको जनाइएको छ ।
